बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा

रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । थप ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई वटा प्रहार बचाउँदै टोलीलाई फाइनलमा पुर्याए ।

बार्सिलोनाले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र रियाल मड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ । बार्सिलोना समग्रमा १४ औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने लक्ष्यमा रहेको छ । साविक विजेता रियाल माड्रिडले ११ पटक स्पेनिस सुपर कप जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *