आत्मदाहबाट ज्यान गुमाएका गणेश नेपालीका परिवारसँग सरकारको ९ बुँदे सहमति

काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग नेपाल सरकार र काठमाडौं महानगरपालिकाले ९ बुँदे सहमति गरेका छन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा असार २५ गते वीर अस्पतालको बर्न युनिटमा निधन भएको थियो ।

उनको निधनपछि पीडित परिवारले सरकारसँग सहमति नभएसम्म शव नबुझ्ने अडान लिएको थियो । त्यसपछि भएको वार्तामा दुवै पक्षबीच विभिन्न राहत तथा सहयोगसम्बन्धी विषयमा सहमति जुटेको हो ।

सहमतिअनुसार मृतक नेपालीका परिवारलाई उचित राहत उपलब्ध गराइने, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था मिलाइने, श्रीमतीलाई रोजगारीको अवसर प्रदान गरिने तथा घटनाबारे निष्पक्ष छानबिन गरिने उल्लेख गरिएको छ । साथै सहमतिमा समेटिएका अन्य विषयहरू पनि चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ ।

सहमतिपछि पीडित परिवारले शव बुझ्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *