काठमाडौं । पूर्वमन्त्री एवं नेकपाको प्रचण्ड-नेपाल समूहका नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ । विष्टकी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा निधन भएको हो । विष्टकी आमाको गुल्मी, इस्मास्थित घरमा मंगलबार निधन भएको हो ।
विष्टका गोकर्ण विष्ट, लक्ष्मण बिष्ट, नीरबहादुर बिष्ट, चुरा बिष्ट र गगन विष्ट गरी पाँच छोरा छन् । विष्टको निधनमा नेकपाका नेताहरुले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।