पाठ्यक्रम प्रारुप विरुद्धको रिटमा सुुनुवाई शुरु

काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले गणित विषयलाई अनिवार्यको सूचीबाट हटाएको विरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्चले सोमबार देखि सुनुवाई शुरु गरेको छ ।
न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा समयाभावका कारण सुनुवाई नसकिएको हो । गणित विषयलाई अवमूल्यन गरिएको उल्लेख गर्दै भागवत अर्यालद्धारा रिट निवेदन दायर गरिएको थियो । सो विवादमा यस अघि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *