जकार्ता । इन्डोनेसियाको श्रीविजवा विमान शनिबार यात्रुसहित उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट ६ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजवा एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
उडानको विवरण राख्ने वेबसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा सो विमान तीन हजार मिटर तल झरेको बताइएको छ ।
स्थानीयले केही व्यक्ति पानीमा तैरिरहेको देखेको र उनीहरू जीवित हुने आशा क्षीण रहेको बताएका छन् । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको छ तर ती तस्बिर बेपत्ता विमानको नै भग्नावशेष भएको पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन ।
