बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा तैनाथ शिवदल गणको थुमनी सुरक्षा पोष्टबाट गएको पट्रोल टोलीले अवैध रुपमा घरमा चित्तलको मासु काटिरहेको अवस्थामा ४ केजी चित्तलको मासु सहित चार जना महिलालाई नियन्त्रणमा लिई निकुञ्ज प्रशासनलाई बुझाएको छ ।
पक्राउ पर्नेहरुमा वांसगढी नगरपालिका –९, थुमनी की मोनकला भण्डारी, जुन चन्द ठकुरी, जैसरा विक र की सावित्रा वली रहेको नेपाली सेनाले जनाएको छ ।