काठमाडौं । जनता समाजवादी पार्टीका नेपालकातर्फबाट काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिंगी दीपक महर्जन (हनी)ले उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै वडा नम्बर ४ को वडाध्यक्षमा राजीव महर्जन (मौनीले उम्मेदवारी दिएका छन् । दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।
