रोनाल्डोको दुईको गोलमा पोर्चुगल विजयी

एजेन्सी । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले युईएफए नेसन्स लिगमा सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई ५-१ गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गर्दा राफायल लियो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले समान एक/एक गोल गरे । पोल्याण्डको लागि डोमिनिक मार्चुकले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा लियोले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई ३-० गोलको स्थितिमा ल्याए । ८३ औं मिनेटमा नेटोले गोल गर्दा पोर्चुगल सहज जिततर्फ अगाडि बढेको थियो ।

८७ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल पोर्चुगललाई ५-० गोलको अग्रता दिलाएका थिए । ८८ औं मिनेटमा मार्चुकले पोल्याण्डको लागि सान्तवना गोल गरे । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पोर्चुगल ५-१ गोलले विजयी भएको हो ।

जितसँगै पोर्चुगल ५ खेलबाट १३ अंक जोड्दै समूह एकको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *