‘भिक्टिम कार्ड’ खेलेर स्थितिमा परिवर्तन हुने छैन

विजयकुमार पाण्डे ।
नेपालका मिडिया मालिक र तिनका सम्पादक (हामी भुपूहरु समेत), पत्रकार वा छापा उत्पादित स्तम्भ लेखकहरुबीच आपसी सम्बन्धको हैसियतमा तुलना गर्न सकिने विषय त होइन; तैपनि हालै ‘द वासिङ्टन पोस्ट’ का मालिक जेफ बेजोसले आफ्नै अखबारमामा एक ऐतिहासिक लेख लेखेका छन् । हामी सबैले यो लेखबाट केही सिक्न सक्छौं ।

राष्ट्रपति निर्वाचन मतदानको केही दिन अघि प्रकाशित यो लेखमा जेफ बेजोसले – राष्ट्रपति निर्वाचनमा ‘द वासिङ्टन पोस्ट’ ले, राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेवारलाई अनुमोदन नगर्ने नीतिको घोषणा र विवेचना गरेका छन् । जेफ बोजको यो निर्णयले अमेरिकाको राजधानीमा सबैभन्दा बढी पढिने , अमेरिकाको एक पुरानो अखवार द वासिङ्टन पोस्ट मा भुइँचालो गएको छ ।
डोनाल्ड ट्रम्प बिरोधी सम्पादक, पत्रकार र स्तम्भ लेखकहरुले भरिएको उक्त अखबारका मालिक आफ्नो अखबारले कुनै पनि उम्देवारलाई अनुमोदन ( endorse) नगर्ने हस्तक्षेपकारी निर्णय गर्दै यसरी लेखेका छन्ः

‘सर्वेक्षणहरुले देखाएका छन् पत्रकार र मिडियाको इज्जत र विश्वसनियता सबैभन्दा तल पुगेको छ । हुन त पछिल्ला वर्षहरुमा पनि यो घट्दै थियो । तैपनि पत्रकारको इज्जत र विश्वसनीयता, अमेरिकी संसद भन्दा एक स्थान मात्र माथि नै थियो ।
यस वर्षको ग्यालप जनमत सर्वेक्षणमा अमेरिकामा–पत्रकार र मिडियाको इज्जत र विश्वशनियता, अमेरिकी नागरिकहरुका नजरमा पुछारको अन्तिम स्थानमा पुगेको छ । अर्थात्, अमेरिकी संसद भन्दा पनि तल पुगेको छ । पत्रकारिता पेशा अब अमेरिकामा सबैभन्दा कम विश्वसनीय हुन पुगेको छ ।

यसले प्रस्ट देखाएको छ– हाम्रो कामको स्तर ठिक छैन । हामी सही हुनुपर्छ । र, हामी सही छौं भन्ने कुरा पत्याइनु पनि पर्छ । यो तितो लाग्ला तर सत्य यही हो । हामीलाई पढ्नेले पत्याउन छोडेका छन् । धेरै मान्छेलाई लाग्छ– मिडिया पूर्वाग्रही छ ।
जब यति धेरै मान्छेलाई लागिरहेछ मिडिया पूर्वाग्रही छ तब हामी यो वास्तविकतालाई कसरी आंखा चिम्लेर बस्न सकेका होलाउ ? वास्तविकतालाई नस्वीकार्ने र वास्तविकतासँग भिड्नेको, पराजय हुन्छ ।

वास्तविकता नै अपराजेय शक्ति हो । Reality is an undefeated champion. हाम्रो निरन्तर घट्दै गएको विश्वसनीताका निम्ति अरु कसैलाई दोष दिनु सजिलो काम हो । यस्तै सजिलो कामले गर्दा समाजमा हाम्रो पत्रकारिताको असर र प्रभाव न्युन हुँदै गएको छ । आफ्ना कमजोरी निम्ति अरुलाई दोष दिएर, ‘भिक्टिम कार्ड’ खेलेर, स्थितिमा परिवर्तन हुने छैन । कहिले यसका विरुद्ध गुनासो गर्ने, कहिले उसका विरुद्ध गुनासो गर्ने रणनीतिले पत्रकारिताको गुमेको विश्वसनियता फिर्ता हुने छैन । हामीले आफूले सक्ने जति नियन्त्रण गर्नका लागि हामीले थप मेहनत गर्न अनिवार्य छ, आफ्नो विश्वसनीयता बढाउने हो भने ……’

Leave a Reply

Your email address will not be published. Required fields are marked *