चुनावको तयारीमा लाग्न बस्नेतको निर्देशन

म्याग्दी । नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले युवाहरुलाई सरकारले आगामी वैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा सङ्घ म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले ताजा जनादेशका लागि प्रधानमन्त्रीले चालेको संसद् विघटनको कदम स्वभाविक र संवैधानिक भएको बताए ।

“पार्टीका केही नेताले आफ्नो स्वार्थ पूर्ति गर्न सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गर्नुभएको हो”, उनले भने, “वैशाखमा हुने चुनावलाई सफल बनाउन तयारीमा लाग्नुहोस् ।”

कार्यक्रममा निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्ने, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गर्नेदेखि ठूला विकासका आयोजना भित्राएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *