सन् २०२० को फिलाटेलिक कार्यक्रमअन्तर्गत हुलाक टिकटमा टाँचा लगाउने काम सम्पन्न

काठमाडौं । हुलाक सेवा विभागले सन् २०२० को फिलाटेलिक कार्यक्रमअन्तर्गत हुलाक टिकटमा टाँचा लगाउने काम सम्पन्न गरेको छ ।

हुलाक सेवा विभागले सन् २०२० को फिलाटेलिक कार्यक्रम अन्तर्गत १५ वटा हुलाक टिकटमा टाँचा लगाउने काम सम्पन्न गरेको हो । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले टाँचा लगाएका हुन् ।

मन्त्री गुरुङले टाँचा लगाउने कार्यले नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक, पहिचान र देशविदेशमा प्रचार प्रसार गर्न सहयोग पुगेको बताए । उनले विभिन्न जात जाती भाषा भाषीको पनि हुलाक टिकटमा टाँचा लगाउने परम्परा र अभ्यास रहेको भन्दै पहिचान र उजागर गर्न बाँकी रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा पनि टाँचा लगाउने काममा लागिपर्न आग्रह गरे ।

हुलाक टिकटमा टाँचा लगाउने काम अन्तर्गत लुम्बिनी शान्ति दौड अंकित हुलाक टिकट, राष्ट्रिय जनगणना २०७८ को लागो अंकितमा हुलाक टिकट, एभरेष्ट स्काई ड्राईभ र नेपाल राष्ट्र बैंकद्वारा जारी १ रुपैयाँ दरको प्रथम कागजी नोटमा टाँचा प्रदान गरिएको हुलाक सेवा विभागले जानकारी दिएको छ ।

यस बाहेक रामधुनी मन्दिर सुनसरी, नेपाल धितोपत्र बोर्ड, घलेगाउँ लम्जुङ, पञ्चैबाजा लगातय ११ वटा हुलाक टिकटमा टाँचा लगाउने काम सम्पन्न भएको जनाइएको छ । कोरोना महामारीका कारण यस वर्ष विगत वर्षमा जस्तो टाँचा लगाउने कार्यक्रम भव्य रुपमा गर्न नसकिएको हुलाक सेवा विभागको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *