काठमाडौं । चार दिनअघि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येझाउ नेतृत्वको टोली बुधबार स्वदेश फर्किएको छ । बुधबार बिहान हिमालय एयरलाइन्सको विमानबाट चार सदस्यीय टोली चीन फर्किएको हो ।
चार दिनको नेपाल बसाईका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी( नेकपा)को प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरुसँग भेट गरेको थियो ।
प्रतिनिधिसभा विघटन भएपछि देखिएको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ टोली नेपाल आएको थियो । टोलीले नेकपाका नेताहरुलाई एकता गरेर अघि बढ्न सुझाव दिएको बताइएको छ ।
