प्रज्जवल थापा । कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना इबारसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलको आठौं मिनेटमा मार्टिन ब्राथवेट पेनाल्टीमा चुक्दा बार्सिलोनाले अग्रता लिने मौका गुमाएको थियो । २५ औँ मिनेटमा ब्राथवेटले गोल गरेपनि अफसाइड भएको कारण भिएआरले गोल दिएन । दोस्रो हाफको ५७ औँ मिनेटमा किकेले गोल गर्दै इबारलाई खेलमा अगाडि बढाएका थिए ।
६७ औँ मिनेटमा जुनियर फिर्पोको पासमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए । तर बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले १/१ अङ्क बाढे । बराबरीसँगै बार्सिलोना १५ खेलमा २५ अङ्क जोड्दै लिगको छैटौं स्थानमा यथावत छ । इबार १६ खेलमा १६ अङ्क जोड्दै १५ औँ स्थानमा उक्लिएको छ ।
