धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए ।
मन्त्री बोहरा नेकपाको ओली समूहका नेता हुन् । सुदूरपश्चिम प्रदेशसभामा प्रचण्ड-नेपाल समूहको स्पष्ट बहुमत रहेको छ ।
