काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वाे ए चौ नेतृत्वको प्रतिनिधिमण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । प्रचण्डलाई भेट्न चिनियाँ टोली सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । भेटमा नेकपाको विभाजन, संसद विघटनलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
आइतबार नेपाल आएको चिनियाँ टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो । टोलीले आज नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकाे बताइएको छ । नेताहरुसँगको भेटवार्ता अघि चिनियाँ टोलीले चिनियाँ दूतावास हाै यान्छीसँग वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएको थियो ।
