मंगलबार काठमाडाैँका २ सहित थपिए ११६ कोरोना संक्रमित, संक्रमितकाे संख्या १७ हजार नाघ्याे

काठमाडाैँ । मंगलबार काठमाडाैँका २ सहित १ सय १६ जना काेराेना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप १ सय १६ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ६१ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा ३४ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार ३ सय २८ पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३८ पुगेकाे छ । ४ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *