प्रहरी महिला संघद्वारा शितलहर प्रभावितलाई न्यानो कपडा

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघले रौतहट जिल्लाको जुडिबेला २ मा शितलहरबाट प्रभावित स्थानीयहरुलाई न्यानो कपडा वितरण गरेको छ । जुडिबेलामा शुक्रबार आयोजित कार्यक्रममा २ सय २३ थान पोलार ब्ल्याङ्केट र २ सय २३ थान झुल वितरण गरिएको हो ।

कार्यक्रम सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती सरिता कँणेल खनालले सामाजिक सेवा गर्दै आएको संघले आगामी दिनमा समेत आफ्नो साधन स्रोतले भ्याएसम्म यस प्रकारको सहयोग जारी राख्ने बताइन् । जाडोमा न्यानो कपडा पाउँदा खुशी लागेको बताउँदै स्थानीयले धन्यवाद दिएका थिए ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष दुप्तबहादुर थिङले सशस्त्र प्रहरी महिला संघको सेवाभावको प्रसंशा गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथास्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *