काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफू पक्षीय विघटित प्रतिनिधिसभाका सदस्य तथा राष्ट्रियसभा सदस्यहरूलाई आज बालुवाटार डाकेका छन् ।
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने निर्णय सार्वजनिक भएपछि ओलीले आफु पक्षका नेताहरुलाई बालुवाटार डाकेका हुन ।
त्यहाँ उनले अबको परिस्थिति र पार्टीभित्रै बहुमत जुटाउन नसके अर्को पार्टी बनाएर वैशाख १७ र २७ मा तोकिएको मध्यावधि चुनावमा जाने तयारीका लागि निर्देशन दिने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रतिनिधि सभा विघटनपछि नेकपाकै इतर पक्ष र अरू राजनीतिक दलहरूबीचको कार्यगत एकता र निम्तिने सम्भावित संकटको पनि प्रतिवादका लागि ओली पक्षले रणनीति बनाउने स्रोतको भनाइ छ ।
यता दाहाल–नेपाल समूह पनि वारपारको तहमा पुगेको छ । उक्त समूहले आजै संसद भवनमा विघटित प्रतिनिधसभा सदस्यहरूको भेला डाकेको छ ।
