‘प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन गरेको मागको सम्बोधन कहिलेसम्म हुन्छ ?’

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन साहले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भन्दै दिएको विवादित अभिव्यक्ति हटाउन माग गरेको छ ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन गरिएको मागको सम्बोधन कहिलेसम्म हुन्छ ? भन्दै प्रश्न गरेकी हुन् ।

उनले भनिन्, ‘राष्ट्रघाती अभिव्यक्ति लामो समयदेखि यसै रोस्ट्रमबाट सच्याइयोस् कि सम्मानित सदनको रेकर्डबाट हटाइयोस् भन्ने माग गर्दै आएका थियौँ । आजसम्म पनि यो मागको सम्बोधन नभएकाले कहिलेसम्म हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *