यो असफलता र संकट आउनु अनिवार्य थियोः विप्लव

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि उनको सरकार असफल भएको बताएका छन् । आइतबार साँझ विज्ञप्ति जारी उनले ओलीले संसद अहिलेको असफलता र संकट आउनु अनिवार्य भएको र हाल आएर त्यसको नतिजा देखिएको बताएका हुन् ।

‘आज केपी ओलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई बलात् भंग गरे । नेपाली जनताको अग्रगामी एवम् रुपान्तरणकारी चाहना र ललाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु अनिवार्य थियो’, विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *