अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आयुषलाई स्वर्ण

 

काठमाडौँ ।  नेपालका आयुष ढुङ्गेलले प्रथम विकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा  स्वर्णपदक जितेका छन् ।

बङ्गलादेशको ढाकामा भएको  प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद राइमलाई पराजित गर्दै उनले स्वर्णपदक जितेका टिम व्यवस्थापक प्रदीप थापामगरले जानकारी दिए ।

त्यस्तै पुरुष ५४ केजी तौलसमूहमा नेपालका शेख इरफान खरेलले बङ्गलादेशका अब्दु जायद खानलाई हराएर स्वर्णपदक हासिल गरे ।

त्यस्तै पुरुष ४५ केजी तौल समूहमा नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भएसँगै कास्यपदकमा सीमित बने । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *