भुटानविरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । एसीसी मेन्स यु-१६ इस्ट जोन कप अन्तर्गत भुटानविरुद्ध केहिबेरमा शुरु हुने खेलमा नेपालले टस जितेको छ । मलेसियाको कुलाल्म्पुरमा हुने खेलमा नेपालका कप्ता विपिन प्रसाद शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल आजको खेलमा लगातार चौथो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *