काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जारी खेलमा नेपालले खराब शुरुवात गरेको छ । डाल्लसस्थित ग्राण्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालले शुरुवाती ८ ओभरमै तीन विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ८ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ४१ रन जोडेको छ । हाल कप्तान रोहित पौडेल १२ र कुशल मल्ल एक रन बनाउँदै क्रिजमा छन् । यसअघि कुशल भुर्तेल ७, आसिफ शेख ४ र अनिल शाह ११ रन बनाउँदै पभिलियन फर्किएका हुन् ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल(कप्तान), कुशल मल्ल, गुलसन झा, दीपेन्द्र सिंह एरी, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सागर ढकाल
