काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । डाल्लसस्थित ग्राण्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो ।
आसिफ ४ रन बनाउँदै क्याच आउट भएका हुन् । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले दुई ओभरको समाप्तिमा एक विकेटको क्षतिमा १० रन जोडेको छ । हाल कुशल भुर्तेल ६ र अनिल शाह सुन्य रनसहित क्रिजमा छन् ।
नेपाल १० वर्षपछि विश्वकपको खेल खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल(कप्तान), कुशल मल्ल, गुलसन झा, दीपेन्द्र सिंह एरी, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सागर ढकाल
