काठमाडौँ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सलले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । अमेरिकी नागरिकलाई खोपको प्रयोगका लागि विश्वस्त गराउन उपराष्ट्रपति पेन्सले शुक्रबार खोप लगाएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उपराष्ट्रपति पेन्सकी श्रीमतीलाई पनि कोभिड–१९ विरुद्धको खोप दिइएको छ । सर्वसाधारण नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलिभिजनहरूले प्रत्यक्ष प्रशारण गरेका थिए ।
‘कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरुमै लिएको हुँ’ खोप लिएपछि उपराष्ट्रपति पेन्सले भने, ‘खोप लगाएपछि मलाई कुनै असहज महशुस भएको छैन ।’
अमेरिका विश्वमा कोराना संक्रमणबाट अति प्रभावित मध्ये पहिलो देश हो । अमेरिकामा हालसम्म करिब पौने दुई करोड जनामा कोरोना संक्रमण देखिएको छ । ३ लाख २० हजार जतिको ज्यान गएको छ ।
