चेल्सीमाथी एभर्टनको जित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । बुधबार राती भएको खेलमा चेल्सी एभर्टनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदान गूडिसोन पार्कमा भएको खेलमा एभर्टनको जितमा ग्यल्फी सिगुर्डस्सोनले पहिलो हाफमा गरेको एकमात्र गोल पर्याप्त भयो । खेलको २२ औँ मिनेटमा सिगुर्डस्सोनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । चेल्सीका गोलरक्षक मेन्डीले पेनाल्टी क्षेत्रमा डोमिनिक काल्वेर्ट लेविनलाई लडाएपछी एभर्टनले पेनाल्टी पाएको थियो ।

बाँकी समयमा चेल्सीले गोल गर्ने अवसर पाएपनी जाली चुमाउन नसक्दा हार बेहोर्न बाध्य भयो । जितसँगै एभर्टन १२ खेलमा २० अङ्क जोड्दै लिगको सातौँ स्थानमा उक्लिएको छ भने पराजित चेल्सी १२ खेलमा २२ अङ्कको साथ तेस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *