के होला नेकपा स्थायी समिति बैठकमा आज ?

काठमाडौ । सत्तारुढ दल नेकपाको आज स्थायी समितिको बैठक बस्दै छ । पार्टी मुख्यालय बुम्वाराहीमा बस्ने बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथिको छलफल हुने बताइएको छ । पार्टीमा अल्पमतमा परेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाउने रणनीतिमा लागेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधव नेपाल पक्षले आजको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग्ने र नदिए संसदीय दलमा लगेर भएपनि ओलीलाई हटाउने तयारीमा लागेका छन ।
दुई अध्यक्षबीच भएको बार्ता असफल भएपछि बहुमतको आधारबाट ओलीलाई दुवै पदबाट हटाउने रणनीति प्रचण्ड– नेपाल समूहले गरेका छन ।
बैठकमा एक अर्काबीच भिड्न परेपनि तयारी अवस्थामा रहेकाले आजको बैठकलाई अर्थ पुर्ण रुपमा हेरिएको छ । अघिल्लो स्थायी समिति बैठक बहिस्कार गर्नु भएका ओलीले आज आईतबारको बैठकमा उपस्थित हुने संकेत गरेका छन ।
बैठकमा उपपिस्थत भएर प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेर बैठकबाट बाहिरीने आंकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *