राष्ट्रिय फूटबल टोलीको तलबमा वृद्धि, पुरुष र महिलाको तलब बराबर

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टिमका खेलाडीको तलबमा वृद्धि भएको छ । अब पुरुष र महिला फूटबल खेलाडीले समान १८ हजार तलब पाउने भएका छन् । ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को बिहिबार बसेको कार्यसमितिको बैठकले राष्ट्रिय फूटबल टिमका खेलाडीको तलबमा वृद्धि गर्ने निर्णय गरेको हो । एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको तलब दिने निर्णय गरेका हो । अब दुवै टोलीका सदस्यले मासिक १८ हजार तलब पाउनेछन् ।

यसअघि पुरुष खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले मासिक ७ हजारका दरले तलब पाउँदै आएका थिए । लामो समयदेखि खेलाडीको तलब बढ्न नसक्दा विभिन्न माध्यमबाट खेलाडीको तलब बढ्नुपर्ने कुरा बाहिर आएको थियो । महिला खेलाडीलेपनि पुरुष बराबरको तलब पाउनुपर्ने कुरा उठाएका थिए ।

तस्विर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *