एजेन्सी । भारतका ब्याट्सम्यान विराट कोहलीले आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत न्युजिल्याण्डविरुद्ध जारी पहिलो सेमिफाइनल खेलमा कीर्तिमानी सतक पूरा गरेका छन् । मुम्बईस्थित इडेन गार्डेनमा जारी खेलमा न्युजिल्याण्डविरुद्ध सतक पूरा गर्दै विराट एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै सतक पूरा गर्ने खेलाडी बनेका हुन् ।
विराटले एकदिवसीयमा ५० औं सतक पूरा गरेका हुन् । यसअघि भारतकै सचिन तेन्दुलगरको नाममा रहेको ४९ औं सतकको कीर्तिमान भंग गर्दै विराटले आफ्नो नाममा लेखाएका हुन् । उनले १ सय ६ बलमा ८ चौका र एक छक्काको मद्दतमा सतक पूरा गरेका हुन् । ताजा अवस्थामा भारतले ४२ ओभरको समपतिमा एक विकेटको क्षतिमा ३ सय ३ रन बनाएको छ । हाल विराट १ सय ६ र श्रेयस आयर ६६ रन बनाउँदै क्रिजमा छन् । यसअघि शुभ्मन गिल ७९ रन बनाउँदै रिटाइर्ड हट भइ मैदान बाहिरिँदा कप्तान रोहित शर्मा ४७ रनमा पभिलियन फर्किएका हुन् ।
न्युजिल्याण्डका लागि टिम साउदीले एक विकेट लिए ।