साल्जवर्गलाई हराउँदै बायर्न म्युनिख अन्तिम १६ मा

प्रज्जवल थापा । जर्मन क्लब बायर्न म्युनिख युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको खेलमा बायर्नले साल्जवर्गलाई ३-१ गोलले हराउदै दुई खेल अगावै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन रोबेर्ट लेवान्डोस्की, किङ्सले कोमान र लोरी सानेले एक-एक गोल गरे । खेलको ४३ औँ मिनेटमा थोमस मुलरको पासमा लेवन्डोस्कीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । ५२ औँ मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

६८ औँ मिनेटमा कोमानको पासमा सानेले गोल गर्दै बार्यनलाई ३-० गोलको अग्रता दिलाए । ७३ औँ मिनेटमा रासमुस क्रिसटेन्सेनको पासमा मेर्जिम बेरिशाले गोल गर्दै साल्जवर्गलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर साल्जवर्गले थप गोल गर्न नसक्दा बार्यन ३-१ गोल अन्तरले विजयी भयो ।

जितसँगै बायर्न म्युनिख ४ खेलमा सतप्रतिशत जित निकाल्दै १२ अङ्कको साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो । समुहको अर्को खेलमा एथ्लेटिको म्याड्रिड र लोकोमोटिभ मोस्कोले गोल रहित बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *