सूर्य नेपालद्वारा भूकम्प पीडितलाई एक करोड ४० लाख सहयोग

काठमाडौँ । सूर्य नेपाल प्रालिले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहत तथा पीडितहरुको पुनस्र्थापनामा मद्दत पुर्याउन एक करोड ४० लाख सहयोग गरेको छ ।

एक करोड रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी मंगलबार कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, उपाध्यक्ष रवी केसी, विकास भुत्रा, दीप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री प्रचण्डलाई  हस्तान्तरण गरेको छ ।

कम्पनीले थप ३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ  साथै ५ लाख बराबरको औषधि वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रालिले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *