श्री शाके १९४५ बि. स. २०८० असोज २२ सोमबार इश्वी सन् २०२३ अक्टोबर ९ तारीख आश्विन कृष्ण पक्ष पितृपक्ष दशमी तिथि पश्चात् एकादशी तिथि अश्लेषा नक्षत्र सिद्द योग भद्रा करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा सौम्म योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋृतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सभा सम्मेलनजस्ता समाराेहमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाइएको लगनशीलताको कदर हुनेछ । भूमी तथा वहान सुख प्राप्त हुनेछ । पुराना मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । महत्वपूर्ण कार्य सम्पादन गर्न पारिवारिक साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय मध्यम रहने छ ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तपाईँको कार्य सम्पादनको श्रेय अन्य व्यक्तिहरूलाई सहजै प्राप्त हुनेछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहे तापनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा विशेष साबधानी अपनाउनु होला, सामान्य अप्जस आइपर्न सक्नेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य चोट पटक लाग्न सक्ने छ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्ने छ । समयको सही सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाइ भोग्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । आफन्तजनहरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानीका विभिन्न स्राेतहरु फेला पर्ने छन् । मानशीक तनावका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आइपर्न सक्नेछ । पारपवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउने छ । व्यापार व्यवसायमा आफ्नो प्रभुत्व रहने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अधुरो यात्रा रहने योग रहेको छ । अरुको छिटो विश्वास गर्नाले सामान्य धोकामा परिएला । मानशप्क चिन्ताले सताउने छ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी व्यक्तिहरूको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाईँसँग प्रतिस्पर्धा गर्ने व्यक्तिहरूकाे संख्यामा बृद्धि हुनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाइदा हुने कामको थालनी होला । आकस्मिक धनलाभको सम्भावना रहेको छ । बौद्धिक क्षेत्रका व्यक्तित्वसँगकाे संगतले मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विद्यार्थी वर्गको बौद्धिक विकासका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ । साथै मानसम्मान प्राप्त हुने समय रहेको छ । सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुन सक्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ईष्ट मित्रजनको सहयोग प्राप्त हुनाले कार्य सहज रहला । मान्यजनको मार्ग दर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहने छ । सामान्य शंका उपशकांहरुको निवारण हुने दिन रहेको छ । परिश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानशीक चन्चलताले कार्य क्षेत्रमा झन्झट आइपर्न सक्ने छ । सामान्य वादविवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न विभिन्न कुविचारले समस्या निम्त्याउन सक्ला, सजग रहनु पर्नेछ । व्यक्तित्व विकासमा जुट्ने समय रहेको छ । मित्रजनको साथ सहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुन सक्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साझेदारीका काममा हात नहाले कै बेश रहने छ । व्यापार व्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । विश्वासिला भनिएका व्यक्तिहरूबाट धोका हुनसक्ला । तपाईँको कार्यबाट फाइदा लिनेहरुको सङख्यामा बृद्धि हुनेछ । आँट र शाहसको बृद्धि हुने योग रहेको छ । कार्य क्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरुको संगत गर्ने बानीले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पर्धीहरुको संख्यामा बृद्धि हुनाले तपाईँलाई सामान्य झन्झट आइपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानीका विभिन्न स्रोतहरु फेला पर्ने छन् । बौद्धिक क्षेत्रका व्यक्तित्वसँगकाे संगतले मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ ।