श्री शाके १९४५ बि. स. २०८० साउन १६ गते मंगलबार इश्वी सन् २०२३ अगस्त १ तारीख अधिक श्रावण शुक्ल पूर्णिमा तिथि उत्तराषाढा नक्षत्र प्रीति योग भद्रा करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा मानस योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पूर्णिमाव्रत अनला पुन्हि ( ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिश्रम अनुरुपको फल प्राप्ति हुने समय रहेको छ । सामाजिक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त हुने छ । सभा सम्मेलन जस्ता क्षेत्रमा मान सम्मान प्राप्तिको योग रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने समय रहेको छ ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढिलाइ हुनाले सामान्य अप्जस सहनुपर्ला । परिवारको मार्ग दशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसँगको भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।
मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
शारीरिक आलस्यातले गर्दा गरिरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानस् मध्यम रहेता पनि बोलीको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।
कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जीवन साथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानशीक चन्चलताले सताउँन सक्ने छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलीकाे प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, विशेष ध्यान दिनुहोला । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । शुभ चिन्तकको संख्यामा बृद्धि हुनाले मनमा उत्साह बढ्ने छ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुन सक्ला ।
कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनमा बृद्धि गर्नका लागि तपाईँले बढी परीश्रम गर्नु पर्न सक्छ । वाैद्धिक क्षेत्रको विकाशले तपाईँको मान सम्मानमा बृद्धि गर्नेछ । आफुभन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहने छन् । बौद्धिक ब्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्ग दर्शन बन्नेछ ।
तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारिवारिक मनोरञ्जनका निम्ति धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउँन सक्छ । सामान्य कठिनाइ पश्चात् मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहने छ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निराशापूर्ण रहला ।
बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नै घमन्डका कारण दाजुभाइबीकाचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा आएको खराबीले कार्यमा ढिलाइ उत्पन्न गराउने छ । सामान्य वादविवादको चक्कर काट्नु पर्नेछ । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवारका कोही सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । मनमा आँट र शाहसको कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सही निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गर्नुपर्ने छ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोविलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्राे हुन सक्ला । आफ्नाे प्रिय ब्यक्तिसँगको बियोगले मन निरुत्साहित रहला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा फाइदामुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्धिका लागि विद्धत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदायक रहला । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ ।