बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल पक्राउ

काठमाडौँ । बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । बलात्कार आरोपमा प्रहरीले पोखरेललाई शुक्रबार बिहान ब्लुक्रस अस्पतालबाट पक्राउ गरेको हो ।

आफ्नो घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *