आज श्री शाके १९४५ बि. स. २०८० असार १९ गते मंगलबार इश्वी सन् २०२३ जूलाई ४ तारीख श्रावण कृष्ण पक्ष प्रतिपदा तिथि पूर्वाषाढा नक्षत्र ऐन्द्र योग कौलव करण चन्द्रमा धनु राशिमा राशिमा आनन्दादि योगमा मित्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्य कुशलतालका कारण मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्राको सम्भावना रहेको छ । भौतिक सुख प्राप्त हुने योग रहेको छ । पारिवारिक सम्बन्धमा सुधार आउने छ । भोगविलासिताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउने छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य मनमुटाब रहला । वाणि तथा स्वास्थ्यमा ध्यान दिएको बेस हुनेछ । कार्य क्षेत्रमा लगाइएको कर्मको प्रतिफल प्राप्तिका निम्ती केही समय प्रतिक्षा गर्नुपर्ने छ । दाजुभाइ तथा इष्टमित्रसँगकाे सम्बन्धमा सुधार रहने छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खुशीको खवरको श्रवणले मन प्रशन्न रहला । स्थान्तरणको योग रहको छ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ । व्यापार व्यवसायका निम्ति समय उत्तम रहेको छ । नजिक भनिएका व्यक्तिहरूबाट विश्वासघात हुन सक्छ । शारीरिक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाइ हुने योग रहको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरुसँगकाे प्रतिस्पर्धामा पछि परिने योग रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । स्वास्थ्यसम्बन्धि समस्याले सताउँन सक्छ । खर्च नियन्त्रण गर्न गाह्राे पर्न सक्ला । आफन्तजनहरू टाँढिन सक्छन् । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलता अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनेछ । सही निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनुपर्ला । मानशीक चन्चताले विद्या असफल रहला । मित्रजनको सहयोगबाट मन प्रशन्न रहला । नयाँ कामको थालनी हुन सक्छ । बोलीको कारण साथीभाइ टाँढिन सक्छन् ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक सुख प्राप्त हुनेछ । मेहेनतको राम्राे फल प्राप्त हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला । व्यापार व्यवसायमा राम्राे समय रहेको छ । भोगविलाशिताका क्षेत्रमा मन जानेछ । हतासमा गरिएका निर्णयले याेजना असफल बनाउन सक्नेछ । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरुसँगकाे तुलनामा पछि परिने योग रहेको छ । कामको क्षेत्रमा सामान्य ढिलाइ रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रममा बृद्धि हुने छ । आम्दानीका क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनुपर्ला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाजुभाइ बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहने छ । मालसामान हराउन सक्ला । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जीवन सुखमय बित्नेछ । बोलीको प्रभावका कारण मान्यजनको साथ पाइनेछ । कार्यक्षेत्रमा लगाइएको लगनशीलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तिको योग रहेको छ । व्यापार व्यवसायमा राम्राे समय रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सन्चित रकम अनावश्यक क्षेत्रमा खर्च हुने योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनी नगरे कै बेश होला । कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनुपर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानीका क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आइपर्ने छ । व्यापार व्यवसायमा राम्राे समय रहेको छ । अध्ययन अध्यापनका क्षेत्रमा प्रयोग गरिएको समयले साथ दिनेछ । कुरा काट्नेहरुको बृद्धि हुनेछ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विद्या प्राप्तिको योग रहेको छ । पारिवारिक झमेलाले सताउँने छ । सही समयमा सही निर्णय गर्न सकिने छ । सामान्य वादविवादमा फस्न सकिने छ । सामाजिक कार्यमा हात नहाले कै बेश रहने छ । नयाँ कार्य क्षेत्रको लागि लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।