दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् असार १२ गते मंगलबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० असार १२ गते मंगलबार इश्वी सन् २०२३ जुन २७ तारीख आषाढ शुक्ल पक्ष नवमी तिथि हस्ता नक्षत्र पश्चात चित्रा नक्षत्र परिघ योग वालव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा श्रीवत्स योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु अष्टमीव्रत,गोरखकाली पूजा विश्व लागूपदार्थ ओसारपसार विरुद्धको दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान बेहाेर्नुपर्ने छ । तपाईँको गरेकाे कामकाे प्रतिफल मित्रजनले प्राप्त गर्ने छन् । सही निणर्य गर्न नसक्नाले सामान्य अप्जस सहनुपर्ला । नजिक भनिएका व्यक्तिबाट विश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा विशेष सजग रहनुहोला, सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सन्तानबाट सुख प्राप्त हुनेछ । सामान्य चोटपटककाे सामना गर्नुपर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बाैद्धिक  क्षमतामा वृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निणर्य गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आइपर्ने छ ।

मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रेम सम्बन्धमा सुधार आउने छ । आम्दानी हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाइ हुन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । खानपानमा सजग रहनुहोला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यात्रा हुनसक्ने सम्भावना रहेको छ । मित्रजनको साथसहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निणर्यले दाजुभाइ बिच मनमुटाब बढ्न सक्ला । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशीक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अरुले उठाउन सक्ने छन् ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बोलीको प्रभावका कारण मान्यजनको साथ पाइने छ । खानपानको कारण स्वास्थ्य सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुनुका साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृपक्षको सहयोगले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारिवरिक सुख प्राप्त हुनेछ । निणर्य गर्ने क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र र साधनमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यताले सताउन सक्छ । पारिवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात् कार्य सिद्धि हुनसक्ला ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्च बढ्ने सम्भावना रहेको छ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्ने छ ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु

बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आइपर्ला । बौद्धिक व्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ । शारीरिक आलस्यताले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागि लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कार्यकुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउँन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसँगको सम्बन्धमा सुधार आउने छ । साधारण खर्च भएता पनि दिन मध्यम रहने छ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । दाजु भाइ तथा इष्टमित्र बिचकाे सम्बन्धमा सुधार रहने छ । शारीरिक आलस्यताले सताउँन सक्ने छ । लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहने छ ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य सम्बन्धि समस्याका कारण मनमा सामान्य चिन्ताले सताउँन सक्छ । नजिक भनिएका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । खानपानमा विशेष सजग रहनु होला । बोलीका कारण साधारण समस्या आउन सक्नेछ । आम्दानीका क्षेत्र सबल रहेका छन् । शुभ चिन्तकहरुको सङ्ख्यामा वृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । परिवारजनहरुसँगकाे सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *