भारत-चीन युद्ध टर्यो

श्रीनगर । भारत र चीन विवादस्पद सीमा क्षेत्र पूर्वी लदखको अवस्था सामान्य बन्दै गएको छ । सो क्षेत्रमा भएको बिना हतियारको भिडन्तमा २० भारतीय सैनिकको निधन भएपछि दुवै देश युद्धको अवस्थामा पुगेका थिए ।

भारतले चीनसँग सबै सम्वन्ध तोड्ने घोषणा गर्दै चिनियाँ सामान बहिस्कार आन्दोलन समेत शुरु गरेको थियो । दुवै देशका सेना अहिले भिडन्त नगर्ने अवस्थामा पुगेका छन । जुन ३० मा भएको दुवै देशका कमाण्डर स्तरमा भएको वार्तामा युद्ध नगर्ने सहमति भएको चिनियाँ बिदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *