आज श्री शाके १९४५ बि. स. २०८० जेठ १५ गते सोमबार इश्वी सन् २०२३ मे २९ तारीख जेष्ठ शुक्ल पक्ष नवमी तिथि पश्चात् दशमी तिथि उत्तरफाल्गुनी नक्षत्र वज्र योग कौलव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा श्रीवत्स योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, राष्ट्रिय गणतन्त्रदिवस सगरमाथा आरोहण दिवस शान्ति सेना दिवस (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक खर्चको सम्भावना रहेको छ । कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निराशापूर्ण ब्यतित रहने छ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने छन् । हर कोहीको विश्वासमा नपर्नु नै उत्तम रहने छ । कुरा काट्नेहरुको बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफुभन्दा सानाको साथ सहयोगमा गरिएका कार्य सहजतापूर्ण सम्पादन हुनेछन् । अध्ययनअध्यापनमा समय उत्तम रहने छ । नयाँ कार्य थालनीको अवसरसमेत प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल रहने छ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुनेछ । शारीरिक आलस्यताले सताउन सक्छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक साथ सहयोगमा बृद्धि हुनेछ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने छ । कार्यक्षेत्रमा शारीरिक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउँन सक्छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बल तथा प्रराक्रममा बृद्धि हुने योग रहेको छ । नयाँ मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ ।तपाईँद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरूले प्राप्त गर्नेछन् । दाजुभाइ तथा इष्टमित्र बिच सम्बन्ध सुधार रहने छ । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्थिर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आम्दानी मध्यम रहने समय रहेको छ । मनोबिलासिताका सामान खरीदका योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याका कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ । विश्वासिला व्यक्तिहरूबाट सामान्य धोका हुन सक्नेछ । वाणिमा मधुरता छाउनाले प्रतिस्पर्धीहरू शुभ चिन्तक बन्नेछन् । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
गरिरहेको कार्यमा सामान्य ढिलाइ रहेता पनि कार्य सम्पादित भने हुने नै छ । ब्यापार ब्यवसायमा समय उत्तम रहेको छ । पारिवारिक साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईँको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनहरूको साथ सहयोग प्राप्त रहने छ । सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनुपर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मान प्राप्त हुनेछ । मान्यजनहरूको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनुहोला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धार्मिक क्षेत्रको यात्राको सम्भावना रहेको छ । मित्र तथा दाजुभाइहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरिएका कार्य त्रुटिका कारण तपाईँलाई सामान्य तनाव आईपर्न सक्ने छ । कार्यक्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाईदा अरूले उठाउन सक्नेछन् ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
विश्वासिला व्यक्तित्वहरूबाट धोका हुन सक्ने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । वाणिका कारण आफन्तजनहरूसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुनुका साथै मनमा चन्चलताले बास गर्नेछ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक व्यक्तित्वहरुको साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ । आम्दानीका विभिन्न स्राेतहरु फेला पर्नेछन् । पारिवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्रमा र मनोरञ्जनका साधनमा सामान्य खर्च बढ्न सक्नेछ ।