दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् जेठ १३ गते शनिबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० जेठ १३ गते शनिबार इश्वी सन् २०२३ मे २७ तारीख जेष्ठ शुक्ल पक्ष सप्तमी तिथि पश्चात् अष्टमी तिथि मघा नक्षत्र व्याधात योग वणिज करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा पद्य योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका क्षेत्र मध्यम नै रहेता पनि इष्टमित्रका निम्ति सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । शारीरिक आलस्यताको सामना भने गर्नुपर्ला । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेको छ । बौद्धिक क्षेत्रका व्यक्तित्वसँगकाे संगतका कारण मन प्रशन्न रहला । कार्यप्रतिको लगनशीलतामा बृद्धि हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आयमूलक कार्यको थालनी हुनेछ । पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नजिकका मित्रजनहरुसँगको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानशीक तनावको सामना गर्नुपर्ने छ । मान्यजनको मार्ग दर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य चोटपटकको सिकार भईन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइँको कार्यसम्पादनको श्रेय असम्बन्धित व्यक्तिहरुले प्राप्त गर्ने छन् । वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउने छ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउँनेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ । साझेदारी कार्यमा हात नहाले कै बेश रहने छ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
एकान्त वातावरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानी नगरे कै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । जीवन साथीको सहयोगद्वारा गरिएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । असम्बन्धित व्यक्तिहरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । प्रतिस्पर्धामुलक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ । अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित रहने छ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरे तापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिने छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनुहोला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आघात पर्नसक्ने सम्भावना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोविलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ । वाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ । स्वास्थ्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलनजन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रेम सम्बन्धमा सुधार आउने छ । जीवन साथीको साथ सहयोगद्वारा आम्दानीका क्षेत्रमा मार्ग दर्शन मिल्नेछ । भोगविलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानी मध्यम रहला ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बोल्दा सजग रहनु होला, बोलीका कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन् । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ला । प्रतिस्पर्धीहरू सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *