दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् जेठ १० गते बुधबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० जेठ १० गते बुधबार इश्वी सन् २०२३ मे २४ तारीख जेष्ठ शुक्ल पक्ष पञ्चमी तिथि पूनर्वशु नक्षत्र गण्ड योग वव करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेको छ । मान्यजनको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । गरपरहेको कार्यका क्षेत्रमा सामान्य ढिलाइकाे सम्भावना रहेको छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुपर्ने छ । जीवन साथीको सहयोगमा जटिल कार्य सम्पादित रहने छन् ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आय आर्जनका निम्ति अधिक श्रम तथा यात्रा गर्नुपर्ने समय रहेको छ । मित्रजन तथा दाजुभाइसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोग मनग्य प्राप्त हुनेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भोजभतेर तथा सभा सम्मेलनजस्ता कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहने छ । वाणिमा अस्थिरता छाउनाले नजिकका आफन्तजनहरुसँगको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोविलासिताका साधनको प्रयोगले समय ब्यतित रहने छ । व्यापार व्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । स्वास्थ्य क्षेत्रमा सामान्य सुधार रहने छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । अध्ययन अध्यापनमा समय मध्यम रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सम्पादनमा अरुको दवाबको महसुस हुनाले तनाबमा दिन बित्नेछ । प्रतिस्पर्धीहरू सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । असम्बन्धित व्यक्तिहरुको विश्वासमा नपर्नुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनका विभिन्न स्राेत साधनहरु फेला परे तापनि मानसिक चन्चलताले कार्य क्षेत्रमा ब्यवधान आइपर्ने छ । अध्ययन अध्यानपनमा अधिक समय ब्यतित गर्नुपर्ने छ । शुभ चिन्तकहरुको संख्यामा हुने छ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहने छ । बोलीका कारण आफन्तजनहरुसँग तनाब उत्पन्न हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभा सम्मेलनजस्ता कार्यमा सहगाीताका साथै सामान्य मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । कार्यप्रतिको लगनशीलतामा बृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भावना रहेको छ । मानशीक चन्चलताले सताउने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनीमा सावधान अपनाउनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका क्रममा सामान्य खर्चको सम्भावना रहेको छ । तपाइँको कार्य सम्पादनको श्रेय असम्बन्धित व्यक्तिहरुले प्राप्त गर्ने छन् । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ । परिवारका सदस्यहरुसँगको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य सम्बन्धि समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा विशेष सजग रहनुहोला । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । असम्बन्धित व्यक्तिहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भावना रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्ययन अध्यापन मध्यम रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईँद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्धि हुनेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । असम्बनधित व्यक्तिहरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्ने विशेष समय रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा दीर्धकालीन आम्दानीका स्राेतहरु फेला पर्नेछन् । अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिने छ । स्वास्थ्यका निम्ति सामान्य खर्चको सम्भावना समेत रहेको छ । स्वास्थमा सामान्य सुधारको योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *