कांग्रेस नेता तथा सांसद सूर्यबहादुर केसीको निधन

पोखरा । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ । केसीको गएराति घरमा निधन भएको पारिवारले जनाएको छ । पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका केसी गत प्रतिनिधिसभाको चुनावमा कांग्रेस प्रवेश गरेका थिए ।

केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत भएका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्न ब्यापार व्यवसायमा उनी सफल थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *