लेस्चरद्वारा लिड्स युनाइटेड पराजित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा लेस्चर सिटिले लिड्स युनाइटेडलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा लेस्चले लिड्सलाई ४-१ गोलले पराजित गरेको हो ।

लिड्सको मैदानमा भएको खेलमा लेस्चरको जितमा योउरी टिलेमान्सले दुई, हार्भे बर्नेस र जेमि भार्डीले एक-एक गोल गरे । लिड्सको लागि स्टुआर्ट डल्लसले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलको दोस्रो मिनेटमै भार्डीको पासमा हार्भे बर्नेसले गोल गर्दै लेस्चरलाई खेलमा अग्रता दिलाए ।

२१ औँ मिनेटमा योउरी टिलेमान्सले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ४८ औँ मिनेटमा ह्यारिसनको पासमा डल्लसले गोल गर्दै लिड्सलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर ७६ औँ मिनेटमा जेमि भार्डीले गोल गर्दै लेस्चरलाई खेलमा ३-१ गोलले अगाडी बढाए ।

अतिरिक्त समयको पहिलो मिनेटमा योउरी टिलेमान्सले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै लेस्चरको जित सुनिश्चित गरे । जितसँगै लेस्चर ७ खेलमा १५ अङ्क जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिड्स ७ खेलमा १२ अङ्क जोड्दै १२ औँ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *