आज श्री शाके १९४५ बि. स. २०७९ चैत्र २० गते इश्वी सन् २०२३ अप्रिल ३ तारीख सोमबार । चैत्र शुक्ल पक्ष त्रयोदशी तिथि पूर्वफाल्गुनी नक्षत्र गण्ड योग वालव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा ध्वांक्ष योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु प्रदोषव्रत (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका क्षेत्र मध्यम नै रहेता पनि इष्टमित्रका निम्ति सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । शारीरिक आलस्यताको सामना भने गर्नुपर्ला । मनोरञ्जनमा सामान्य खर्चको सम्भावना रहेको छ । वाैद्धिक क्षेत्रका व्यक्तित्वसँगको संगतद्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगनशीलतामा वृद्धि हुनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आयमुलक कार्यको थालनी हुनेछ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइने छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नजिकका मित्रजनहरुसँगको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानशीक तनाबको सामना गर्नुपर्ने छ । मान्यजनको मार्ग दर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य चोट पटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्य सम्पादनको श्रेय असम्बन्धित व्यक्तिहरुले प्राप्त गर्नेछन् । वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । आजको कार्यले भोलिलाई फाइदा रहने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखापर्ने छ । साझेदारीकाे काममा हात नहाले कै बेश रहने छ । व्यापार व्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
एकान्त वातावरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानी नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । जीवन साथीको सहयोगद्वारा गरिएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । असम्बन्धित व्यक्तिहरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रतिस्पर्धामुलक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ । अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित रहने छ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिने छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ । मनमा चन्चलताले बास गरे तापनि व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिने छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दीगो आर्थिक लाभको बाटो बन्न सक्ने छ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता बढ्न सक्ने दिन रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साझेदारी कामका क्षेत्रमा सामान्य झन्झट ब्यर्होनुपर्ला । धैर्य धारण गर्ने क्षमतामा वृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनुहोला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आघात पर्न सक्ने सम्भावना रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोविलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । वाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्टमित्रसँग सामान्य वादबिवादको योग रहेको छ । स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । भोजभतेर तथा सभासम्मेलनजन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रेम सम्बन्धमा सुधार आउने छ । जीवन साथीको साथ सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्ग दर्शन मिल्ने छ । भोग विलासको क्षेत्रमा समय ब्यतित हुनसक्छ । परोपकार तथा व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानी मध्यम रहला ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बोल्दा सजग रहनुहोला । बोलीका कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन् । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । प्रतिस्पर्धीहरू सवल रहनाले हर कदममा सजग रहनुहोला । स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ ।