दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र ९ गते बिहीबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र ९ गते इश्वी सन् २०२३ मार्च २३ तारीख बिहीबार । चैत्र शुक्ल पक्ष द्वितीया तिथि रेवती नक्षत्र ब्रह्मा योग वालव करण चन्द्रमा मिन राशिमा पश्चात मेष राशिमा आनन्दादि योगमा मित्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु विश्व मौसम दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्यान्ह पश्चात् मान प्रतिष्ठामा वृद्धि हुने योग परेको छ । मान्यजनको साथ प्राप्त हुनेछ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । मध्यान्ह पश्चात् क्राेधकाे कारण मानशिक चिन्ता रहन सक्छ । दाम्पतिबीच सामान्य कलह हुने सम्भाबना रहन सक्छ । परिवारका सदस्यहरुबाट टाँढा भएको महसुस रहने छ । सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान्ह पश्चात् मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित हुनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्र दीर्घकालीन तुल्याउन सकिने छ । पुराना मित्रजनहरुसँगको भेटघाटले मन हर्षित रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अविश्वसनीय व्यक्तिहरूसँकाे संगतले अपजसको सामना गर्नुपर्ला । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्यान्ह पश्चात् भौतिक स्राेत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जस्ता कार्यक्रममा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारी साधनको प्रयोगमा साबधान रहनुहोला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान्ह पश्चात् मित्र तथा दाजु भाइबीचको सम्बन्धमा सुधार आउने छ । गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाईँद्वारा सम्पादित कार्यको श्रेय असम्बन्धित व्यक्तिहरू प्राप्त गर्ने छन् ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भोग बिलासको क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रमा गरिएको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान्ह पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाइ आईपर्न सक्छ । तपाईँको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान्ह पश्चात् जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य चुनौति पश्चात् आम्दानी उत्तम रहने छ । बिग्रन लागेको काम अरुको साथ सहयोगबाट बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । मध्यान्ह पश्चात् जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्ने छ । मित्रजनहरूसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान्ह पश्चात् वाैद्धिक व्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्र दीर्घकालीन तुल्याउन सकिने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानी उत्तम रहने छ । मध्यान्ह पश्चात् आम्दानीका क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरुको दवाबको कारण मानसिक समस्या आईपर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान्ह पश्चात् नजिकका मित्रजनहरू बिचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा वृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहने छन् ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ कार्य थालनीका निम्ति आँट र साहसमा कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । मध्यान्ह पश्चात् व्यक्तिव विकाशमा जुट्ने समय रहेको छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *