प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा राजस्थान रोयल्स विजयी भएको छ । शुक्रबार राती भएको खेलमा राजस्थानले किङ्स ११ पंन्जावलाई ७ विकेटले पराजित गरेको हो ।
सेख जायद रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको पंन्जावले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८५ रन बनायो । पंन्जावको लागि गेलले सनदार ब्याटिङ गरे । आफ्नो सतक बनाउन बाट एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौकाको मद्दतमा ९९ रन बनाए । यस्तै कप्तान केएल राहुलले ४१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४६ रन बनाउदा पोरानले २२ रन जोडे ।
राजस्थानको लागि जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै २६ रन दिएर २ विकेट लिए । यस्तै बेन स्टोक्सले ४ ओभरमा ३२ रन दिदै २ विकेट लिए ।
१८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाउदै १८६ रन बनाएर लक्ष्य भेट्टायो । राजस्थानको लागि बेन स्टोकसले अर्धसतक प्रहार गरे । उनले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए । सन्जु स्याम्सनले २६ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४८ रन जोडे । यस्तै उथप्पाले ३०, स्मिथले ३१ र जोस बट्लरले २२ रन जोड्दै राजस्थानलाई सहज जित दिलाए ।
पंन्जावको लागि मुर्गान अश्विन र क्रिस जोर्डानले १-१ विकेट लिए । जितसँगै राजस्थान १३ खेलमा १२ अङ्क जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिदा पंन्जाव चौथो स्थानमा यथावत छ ।