राष्ट्रिय फूटबल टोलीको प्रशिक्षण आजबाट सुरु (फोटो फिचरसहित)

प्रज्जवल थापा । बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फूटबल टोलीले प्रशिक्षण शुरु गरेको छ ।

राष्ट्रिय टोलीले बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बन्द प्रशिक्षण शुरु गरेको हो । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि प्रशिक्षणमा बोलाईएका ३४ खेलाडीमध्ये ४ जनालाई कोरोना भाइरसकाे संक्रमणकाे पुष्टि भएकाे अखिल नेपाल फूटबल संघ(एन्फा) ले जनाएको हो । कोरोना पुष्टि भएका चार खेलाडीलाई सेल्फ आइसोलेसनमा राखिएको छ । बाँकी ३० खेलाडी प्रशिक्षणमा सहभागी थिए ।

नियमित प्रशिक्षक योहान कालिनको अनुपस्थितमा बालगोपाल महर्जनले टोलीको प्रशिक्षण सह्मालेका छन्। नेपालले ढाकामा बंगलादेशसँग कार्तिक २८ र मंसिर २ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।

तस्बीर: एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *