काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोश्रो कार्यकाल आज सकिँदैछ । भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन् ।
फागुन २५ गते नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवास छोड्ने कार्यक्रम रहेको बताईन्छ । पौडेल निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन् ।
