दक्षिणकाली माताले सबैको कल्याण गरुँन् ! हेर्नुहोस् फागुन १७ गते बुधबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन १७ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च १ तारीख बुधबार । फागुन शुक्ल पक्ष दशमी तिथि मृगशिरा नक्षत्र प्रिती योग कौलव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
महत्त्वपूर्ण कार्य सम्पादन गर्न पारिवारिक साथ सहयोग प्राप्त रहने छ । सभा सम्मेलनजन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्य क्षेत्रमा लगाइएको लगनशीलताको कदर हुनेछ । भूमी तथा वहान सुख प्राप्त रहने छ । पुराना मित्रजनहरूसँगकाे भेटघाटले मन प्रशन्न रहने छ । अध्य्यन अध्यापनमा समय मध्यम रहने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईँको कार्य सम्पादनको श्रेय अन्य व्यक्तिहरूलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पूर्ण रहन सक्नेछ । काम गर्दा विशेष साबधानी अपनाउनु होला, सामान्य अप्जस आइपर्न सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आइपर्ने छ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सही सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाइ भोग्नु पर्नेछ । आफन्तजनहरूको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने छ । आय आम्दानीका विभिन्न स्राेतहरू फेला पर्ने छन् । मानसिक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आइपर्न सक्ने छ । पारिवारिक भेटघाटमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायमा आफ्नो प्रभुत्व रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अधुरो यात्रा रहने योग रहेको छ । अरुको छिटो विश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउने छ । आँट शाहसमा कमि आउनाले कार्य सम्पादनमा समस्या आउन सक्छ । सहयोगी व्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाईँसँग प्रतिस्पर्धा गर्ने व्यक्तिहरुको वृद्धि हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाइदा हुने कार्यको थालनी होला । आक्स्मिक धन लाभको सम्भाबना रहेको छ । वाैद्धिक क्षेत्रका व्यक्तित्वसँगको संगतद्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले वाैद्धिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विद्यार्थी वर्गको वाैद्धिक विकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ । सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुन सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ईष्ट मित्रजनको सहयोग प्राप्त हुनाले कार्य सहज रहला । मान्यजनको मार्ग दर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशँकाहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानसिक चन्चलताले कार्य क्षेत्रमा झन्झट आइपर्ने छ । सामान्य वादविवादको सामना गर्नुपर्ला । मनमा उत्पन्न विभिन्न कुविचारले समस्या निम्त्याउन सक्ला, सजग रहनुपर्ने छ । व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथ सहयोमा बृद्धि हुने छ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुनसक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साझेदारी कार्यमा हात नहाले कै बेश रहने छ । व्यापार व्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईँको कार्यबाट फाइदा लिनेहरुको सङख्यामा वृद्धि हुनेछ । आँट शाहसमा वृद्धि हुने योग रहेको छ । कार्य क्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरुको संगत गर्ने बानीले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पर्धीहरुको वृद्धि हुनाले तपाईँलाई सामान्य झन्झट आइपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानीका विभिन्न स्रोतहरु फेला पर्ने छन् । वाैद्धिक क्षेत्रका व्यक्तित्वसँगको संगतका कारण मन प्रशन्न रहला । पठन पाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *