दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् फागुन १३ गते आजको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन १३ गते तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी २५ तारीख शनिबार । फागुन शुक्ल पक्ष षष्ठी तिथि अश्विनी नक्षत्र पश्चात भरणी नक्षत्र व्रह्म योग कौलव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा सौम्य योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारिवारिक कलहको सामना गर्नुपर्ला । सबारी साधनको प्रयोगमा विशेष साबधानी अपनाउनुपर्ने समय रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसमा कमि आउनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जीवन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनुपर्ने योग रहेको छ । नजिकका मित्र तथा दाजुभाइहरुसँगकाे सम्बन्धमा वैमनश्यता उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला । नयाँ कार्यको प्रारम्भले मन प्रशन्न सहने छ । शारीरिक आलस्यताले अध्ययन अध्यापनका क्षेत्रमा प्रभाब पार्ने समय रहेको छ । शत्रु परास्त्र हुने छन् तथा शुभ चिन्तकको वृद्धि हुनेछ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिँनेछ । पारिवारिक साथ सहयोगबाट भने अधुरा कार्य सम्पादनमा सहयोग मिल्नेछ । सभा सम्मेलनजस्ता कार्यक्रममा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारिक झोरझमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खानपानको क्षेत्रमा सजग रहनु उत्तम रहने छ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोगद्वारा व्यक्तित्व विकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानी क्षेत्रमा वृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ, सजग रहनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । मान्यजनको साथ सहयोगको कमि महसुस गरिने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाइको सामना गर्नुपर्ने छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । मनोरञ्जनात्मक सरसामानमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगको भेटघाटमा मन प्रशन्न रहनेछ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । वाैद्धिक व्यक्तित्वसँगको भेटघाटको अवसर जुट्ने छ । सामान्य संघर्ष पश्चात मनग्य आम्दानीका स्राेतहरू फेला पर्ने छन् । व्यापार व्यवसायका क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढे तापनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भाबना रहेको छ । नजिकका व्यक्तिबाट विश्वासघात हुनसक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य चोटपटकको सिकार भइन सक्छ सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *