“एल क्लासिको” को पहिलो हाफ बराबरी

 

प्रज्जवल थापा। स्पेनिस लिग अन्तर्गत बार्सिलोना र रियल म्याड्रिडबिच भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

क्याप नोउमा भैराखेको खेलमा म्याड्रिड र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् । खेलको ५ औँ मिनेटमा बेन्जिमाको पासमा भालभार्डेले गोल गर्दै रियल म्याड्रिडलाई खेलमा अगाडी बढाएका थिए। तर त्यस्को तीन मिनेट बित्न नपाउदै युवा खेलाडी अन्सु फातीले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।

२४ औँ मिनेटमा मेस्सीले हानेको बल म्याड्रिडका गोलकिप्पर कर्टियसले उत्कृष्ट बचाउ गरे । लगत्तै म्याड्रिडका बेन्जिमाले क्रुसको पासमा गरेको प्रहार नेटोले बचाउ गरेपछि रियले खेलमा अग्रता लिने मौका गुमायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *